शिवम् सिमेन्ट्सको यस वर्षको लाभांश हालसम्मकै उच्च

असोज ३०, काठमाडौं । शिवम् सिमेन्ट्सको यस वर्षको लाभांश हालसम्मकै उच्च रहेको छ ।  २०७५ साल फागुन २२ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले सोही वर्षदेखि शेयरधनीहरुलाई लाभांश वितरण गरेको थियो । २०७४/ ७५ देखिको लाभांश इतिहासमा यस वर्ष कम्पनीले सर्वाधिक लाभांश प्रस्ताव गरेको छ । आईपीओ खरीद गरेको पहिलो वर्ष १५ दशमलव ७८ प्रतिशत करसमेत नगद लाभांश प्राप्त गरेको कम्पनीका शेयरधनीहरुले यस वर्ष करसमेत २९ प्रतिशत नगद लाभांश पाउने भएका हुन ।  विगत चार वर्षदेखि कम्पनीले निरन्तर नगद लाभांश मात्र वितरण गर्दै आएको छ । गत वर्ष करसमेत २४ दशमलव २१ प्रतिशत र अघिल्लो वर्ष करसमेत १५ दशमलव ७८ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।  हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड छ । सोही पूँजीको आधारमा कमपनीले चार वर्षदेखि निरन्तर नगद लाभांश मात्र वितरण गर्दै आएको हो । यस वर्षको प्रस्तावित लाभांश कम्पनीले कात्तिक १६ गते पारित गर्दैछ । उक्त दिन कम्पनीले छैठौ वार्षिक साधारण सभा बोलाएको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस कम्पनीले रू. १ अर्ब ३९ करोडभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीको जगेडा कोष रकम रू. ४ अर्ब ४२ करोडभन्दा बढी रहेको छ भने शेयर प्रिमियममा रू. ९५ करोड ६२ लाखभन्दा बढी रकम रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ६८ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २२२ दशमलव ४१ छ । कम्पनीको चार वर्षको लाभांश अवस्था :                                                                   स्रोतः कम्पनीद्वारा जारी सूचना

सम्बन्धित सामग्री

शिवम् सिमेन्ट्सको १५ प्रतिशत लाभांश पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र पाउने

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले प्रस्ताव गरेको कुल १५ प्रतिशत लाभांश पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको तयारी गरेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

शिवम् सिमेन्ट्सको साधारण सभा मिति तय,  प्रस्ताव गर्‍यो लाभांश

काठमाडौं । शिवम् समेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सोही बैंठकले प्रस्तावित लाभांश पारितका लागि पुस २७ गते आठौं वार्षिक साधारण सभा गर्ने निर्णय भएको पनि जानकारी दिएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

शिवम् सिमेन्ट्सको नगद लाभांश वितरण शुरू

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले यस वर्षको नगद लाभांश वितरण शुरू गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले करसमेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । उक्त लाभांश बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको बैंक खातामा माघ ५ गतेदेखि जम्मा गर्न शुरू गरिएको कम्पनीको भनाइ छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गरेका हुन् । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा नगद लाभांश वितरण गरेको हो ।  नगद लाभांश शेयरधनीहरूले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ । साथै आफ्नो शेयर धितो राखेका शेयरधनीहरूको हकमा भने नगद लाभांश प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र शेयर रजिष्ट्रारको कार्यालयमा पेश गर्न कम्पनीले भनेको छ । शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

शिवम् सिमेन्ट्सको  १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित

शिवम् सिमेन्ट्स लिमिटेडले आ.व. २०७८/०७९ को सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबारका हेटौंडामा भएको साधारण सभाले आव २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण...

शिवम् सिमेन्ट्सकोे लाभांश पारित

काठमाडौं, (नेस) । शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भइसकेपछिको छैठौं वािर्षक साधारण सभा (आव २०७७/७८)मंगलबार कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले शेयरधनीलाई चुक्ता पुँजी ४ अर्व ४० करोडको २९ प्रतिशत (लाभांशमा लाग्ने कर सहित) हुन आउने १ अर्व २७ करोड ६० लाख नगद लाभांश रकम वितरण गर्ने प्रस्ताव […]

शिवम् सिमेन्टले सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिने

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयर धनीलाई कुल चुक्ता पूँजीको २९ प्रतिशत नगद लाभांश दिने भएको छ । पब्लिक कम्पनीमा परिणत भएपछिको छैठौं वार्षिक साधारणसभाले शेयरधनीलाई लाभांश दिनेबारे सञ्चालक समितिले गरेको निर्णय स्वीकृत गरेको हो । कम्पनीले साधारण शेयरधनीलाई बैंक खातामा शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमार्फत नगद लाभांश वितरण गर्ने कार्यक्रम रहेकोले आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक गरी लाभांश लिन आग्रह गरेको छ ।कम्पनीका कार्यकारी अध्यक

शिवम सिमेन्टको २९ प्रतिशत लाभांश पारित

१६ असोज, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले यस अघि घोषणा गरेको २९ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षमा मंगलबार सम्पन्न कम्पनीको छैठौं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो । साधाधारणसभामा अध्यक्ष गोयलले शेयरधनीहरुलाई चुक्ता पुँजी ४ अर्व ४० करोडको २९ प्रतिशतका दरले (लाभांशमा लाग्ने कर सहित) हुन आउने १ […]

कुमारी बैंक र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कात्तिक ७, काठमाडौं । कुमारी बैंक र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ । दुवै कम्पनीहरुले सोमवार अर्थात् कात्तिक ८ गते बुक क्लोज गर्दैछन् । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र यी दुवै कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले यस वर्ष गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते आफ्नै कार्यालय नक्सालमा २१औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११:३० बजे शुरु हुने जानकारी दिएको छ । उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै, शिवम् सिमेण्टले गत आर्थिक २०७७/०७८ वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते होटल सोल्टी, काठमाडौंमा बिहान १० बजे छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको चुक्तापूँजी भन्दा बढी रकम कुनै बैंक तथा वित्तीय संस्थाहरुबाट थप कर्जा सुविधा लिनु परेमा कर्जा सम्झौता गरी आवश्यक कर्जा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

शिवम् सिमेन्टद्वारा लाभांश घोषणा

उत्पादनमूलक समूहको शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ ।कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि आउँदो कात्तिक १६ गतेको लागि छैटौं वार्षिक साधारणसभा […]

शिवमले घोषणा गर्यो २९ प्रतिशत नगद लाभांश, यो वर्ष बोनस नदिने

शिवम् सिमेन्टले आफ्ना लगानीकर्ताहरुलाई २९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको प्रतिफलबाट उक्त नगद लाभांश प्रस्ताव गरेको हो । बोनस सेयर पारित गर्नका लागि कम्पनीले कात्तिक १६ गते साधारणसभा डाकेको छ । यसपटक लगानीकर्तालाई शिवमले बोनस सेयर नदिने भएको छ ।कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । कुल चुक्ता पुँजीबाट लगानीकर्तालाई लाभांशमार्फत २७ करोड ६० लाख रुपैयाँ नगद वितरण गर्ने भएको हो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।