शिवम् सिमेन्ट्सको साधारण सभा मिति तय,  प्रस्ताव गर्‍यो लाभांश

काठमाडौं । शिवम् समेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सोही बैंठकले प्रस्तावित लाभांश पारितका लागि पुस २७ गते आठौं वार्षिक साधारण सभा गर्ने निर्णय भएको पनि जानकारी दिएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।   

सम्बन्धित सामग्री

शिवम् सिमेन्ट्सको नगद लाभांश वितरण शुरू

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले यस वर्षको नगद लाभांश वितरण शुरू गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले करसमेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । उक्त लाभांश बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको बैंक खातामा माघ ५ गतेदेखि जम्मा गर्न शुरू गरिएको कम्पनीको भनाइ छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गरेका हुन् । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा नगद लाभांश वितरण गरेको हो ।  नगद लाभांश शेयरधनीहरूले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ । साथै आफ्नो शेयर धितो राखेका शेयरधनीहरूको हकमा भने नगद लाभांश प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र शेयर रजिष्ट्रारको कार्यालयमा पेश गर्न कम्पनीले भनेको छ । शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

शिवम् सिमेन्ट्सको नयाँ सञ्चालक समितिमा ५ जना, अध्यक्षमा गौरव गोयल

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले  नयाँ सञ्चालक समिति चयन गरेको छ ।  कम्पनीको पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पाँच सञ्चालक निर्वाचित भएका थिए । सभाले आगामी चार वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई नयाँ सञ्चालकमा निर्वाचित गरेको छ । निर्वाचित नया सञ्चालकहरूको पहिलो बैठकले गौरव गोयललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । हाल कम्पनीमा एक जना स्वतन्त्र सञ्चालकसहित ६ सदस्यीय सञ्चालक समिति रहेको छ । नेपाल सरकारका पूर्व सचिवसमेत रहेका चन्द्र कुमार घिमिरे सञ्चालक समितिमा स्वतन्त्र व्यवसायिक विशेषज्ञको पदमा नियुक्त छन् । सभाले घिमिरेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णयलाई समेत अनुमोदन गरेको छ ।   सभाले सञ्चालक निर्वाचनसँगै प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत नगद लाभांशसमेत पारित गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेकाले पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र नगद लाभांश प्राप्त गर्नेछन् । यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो ।  कम्पनीले वितरण गरेको पाँच ओटा आर्थिक वर्षको लाभांशको तथ्याङ्कलाई हेर्दा गत वर्ष हालसम्मकै उच्च लाभांश वितरण गरेको थियो । गत वर्ष कम्पनीले २९ प्रतिशत कर समेत लाभांश वितरण गरेको थियो।

शिवम् सिमेन्ट्सको  १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित

शिवम् सिमेन्ट्स लिमिटेडले आ.व. २०७८/०७९ को सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबारका हेटौंडामा भएको साधारण सभाले आव २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण...

शिवम् सिमेन्ट्सकोे लाभांश पारित

काठमाडौं, (नेस) । शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भइसकेपछिको छैठौं वािर्षक साधारण सभा (आव २०७७/७८)मंगलबार कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले शेयरधनीलाई चुक्ता पुँजी ४ अर्व ४० करोडको २९ प्रतिशत (लाभांशमा लाग्ने कर सहित) हुन आउने १ अर्व २७ करोड ६० लाख नगद लाभांश रकम वितरण गर्ने प्रस्ताव […]

शिवम् सिमेन्ट्सको साधारणसभा सम्पन्न, शेयरधनीलाई २९ प्रतिशत लाभांश दिने

शिवम् सिमेन्ट्स लिमिटेडले पब्लिक कम्पनीमा परिणत भइसके पछिको छैटौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्तिक १६ गते मङ्गलवार कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा शेयर धनीहरूको जुम भर्चुअल माध्यमबाट समेत सहभागिता जनाइ साधारण सभा सम्पन्न भएको हो।

शिवम् सिमेन्ट्सको साधारण सभा कात्तिक १६ गते, २९% लाभांश प्रस्ताव

असोज २४, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले कात्तिक १६ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज २२ गतेको सञ्चालक समितिको बैठकले होटल सोल्टी, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कर समेत २९ प्रतिशत लाभांश प्रस्तावलाई पनि अन्तिम रुप दिनेछ । सभाले चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले नगद लाभांश दिन लागेको हो ।

शिवम् सिमेन्ट्सको साधारणसभा, २४.२१ प्रतिशतको लाभांस पारित

शिवम् सिमिन्ट्स लिमिटेडले आव २०७६/०७७ को पाँचौं बाषिर्क साधारण सभा सम्पन्न गरेको छ । यस शिवम् सिमेन्ट्स लिमिटेडको आ.व. २०७६/०७७ को वाषिर्क साधारण सभा कार्तिक २४ गते सोमबारका दिन कम्पनीको कर्पाेरेट कार्यालय, अनामनगर, काठमाडौंको सभाहल …