मादी-सेती नदीमा पक्की पुल निर्माण तीव्र

व्यास नगरपालिका-३ देउराली नगर र ऋषिङ गाउँपालिका-१ झापुटार जोड्ने मादी-सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएको छ ।

सम्बन्धित सामग्री

मादी-सेती नदीमा पक्की पुल निर्माण तीव्र

व्यास नगरपालिका-३ देउराली नगर र ऋषिङ गाउँपालिका-१ झापुटार जोड्ने मादी-सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएको छ ।

मादी-सेती नदीमा पक्की पुल निर्माण तीव्र

व्यास नगरपालिका-३ देउराली नगर र ऋषिङ गाउँपालिका-१ झापुटार जोड्ने मादी-सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएको छ ।

कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण तीव्र

तनहुँ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको कामले गति लिएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने पक्की पुलको कामलाई गति दिइएको हो । कोरोना कहरले विगतमा काममा ढिलासुस्ती भए पनि अहिले कामलाई तीव्र पारिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । २०७७ जेठदेखि निर्माण शुरू भएको पुलको म्याद चालू आर्थिक वर्षको अन्तिमसम्म छ । हालसम्मको पुलको काम ३७ प्रतिशत सकिएको छ । ‘कोरोना कहरका कारण पुल निर्माणमा ढिलाइ भयो, कोरोनाको प्रभावका कारण निर्माणको काम एक वर्ष थप भएको छ,’ उनले भने । सिग्देलका अनुसार हालसम्म दुईओटा पिल्लरको क्याप बनेको र दुईओटा फाउण्डेसन सकिएको छ । ‘नदी बगेको ठाउँमा डाइभर्सन गरेर मुख्य पिल्लर बनाउनुपर्ने काम भने बाँकी छ,’ उनले भने । २१० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौंस्थित शर्मा जेभी एण्ड युनाइटेड बिल्डर्सले पाएको छ । उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । रासस

बेगखोलामा पक्की पुल निर्माण तीव्र

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको बेगखोलामा निर्माणाधीन मोटरेबल पुल ठेक्का सझौताअगावै निर्माण सम्पन्न गर्ने गरी काम गरिएको छ। सडक विभाग अन्तर्गत रहेको पुल महाशाखा काठमाडौँले रघुगङ्गा गाउँपालिका–१, बेगखोलामा ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल निर्माणका लागि बिओकेआई÷हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख रुपियाँमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो।