गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डाकेको पहिलो मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आइतबार विहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले संघको सुविधा समेत हरेर पूर्व मुख्यमन्त्रीको सुविधा तोक्ने भएको छ । त्यसैगरी सरकारको प्रवक्तामा विनाविभागीय मन्त्री कुमार खड्कालाई जिम्मेवारी तोकिएको छ । ‘के कस्तो सुविद्या दिने भ