दाङ : जेठ २७ गते शान्तिनगर-३ मा रहेको कृत्रिम तालमा डुबेर एक युवकको मृत्यु भएको थियो। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका-३ माइलीपानी बस्ने १७ वर्षीय वीरबहादुर थापा हुन्।उनको मृत्यु भएको ४ दिनसम्म पनि उनको परिवारले उचित क्षतिपूर्तिको माग गर्दै शव बुझेको छैन। अहिले उनको शव राप्ती प्रादेशिक अस्पतालको शवगृहमै रहेको छ। शुक्रबार दिउँसो करिब पौने १ बजेतिर ३ जना साथीसँग तालमा पौडी खेल्न गएका थापाको डुबेर मृत्यु भएको हो। उनको शव तालबाट प्रहरीले सोही दिन बेलुका करिब सवा ६ बजेतिर निकाले