उपत्यकाका अधिकांश विद्यालय दशैंअघि नखुल्ने

३० भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन नहुने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सरोकारवालाको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले विद्यार्थी संख्या धेरै भएको विद्यालय तत्काल […]

सम्बन्धित सामग्री

उपत्यकाका सबै सामुदायिक विद्यालय बन्द, विद्यार्थीहरूलाई फर्काइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिए पनि पठनपाठन ठप्प रहेको छ । संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । महानगरभित्रका विद्यालय बन्द भए कारबाही गर्ने महानगरको चेतावनी र विद्यालयले कुनै सार्वजनिक सूचना नै जारी नगर्दा विद्यार्थी भने मारमा परेका छन् । अधिकांश कक्षा १० मा पढ्ने […]

आइतबार पनि खुले विद्यालय

आइतबार विद्यालयसमेत बन्द गर्ने सरकारी निर्णय काठमाडौंका निजी विद्यालयले अवज्ञा गरेका छन् । आइतबार काठमाडौं उपत्यकाका केही ठूला विद्यालयबाहेक अधिकांश सञ्चालन भएका छन् भने केहीले विद्यार्थी ओसारपसारका लागि गाडीसमेत चलाएका छन् । जेठ...

आज निजी विद्यालय बन्द नहुने

काठमाडौं  ।  आइतबार बिदा दिने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै अधिकांश शिक्षण संस्थाले आज आइतबार पनि पठनपाठन जारी राखेका छन् ।प्याब्सन र एन प्याब्सन काठमाडौंले संयुक्त सूचना जारी गरी विद्यालय खुला गर्ने निर्णय गरेअनुरूप आज उपत्यकाका निजी विद्यालय खुला हुने भएका छन् । शैक्षिक क्षेत्रमा क्षति पुग्न नहुने भन्दैै ती संस्थाले विद्यालय खुलै राख्ने जनाएका हुन् […]

उपत्यकाका अधिकांश विद्यालय बन्द, पठनपाठन ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द हुँदा भौतिक रूपमा पठनपाठन ठप्प भएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टीलगायत ६ दलले आह्वान गरेको नेपाल बन्दका कारण आज विद्यालयमा पठनपाठन ठप्प भएको हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण माघ महिनाभर बन्द भएका विद्यालय फागुन १ गतेदेखि खुलेका...

वर्षासँगै चीसो बढेपछि अधिकांश विद्यालय बन्द

काठमाडौं, १४ पौष । अविरल वर्षासँगै चीसो बढेपछि देशका विभिन्न भागमा विद्यालयहरु बन्द गरिएका छन् । विशेषगरी काठमाडौं उपत्यकालगायत पहाडी र उच्च पहाडी भूभागका विद्यालय बन्द गरिएका हुन् । उपत्यकाका सबैजसो मन्टेश्वरीहरुले बिहिबार र शुक्रबार बन्द गरेका छन् । वर्षासँगै साना बालबालिकामा चीसोले समस्या बढ्न सक्ने भएपछि बन्द गरिएको विद्यालयहरुले सूचनामार्फत् भनेका छन् । शैक्षिक […]

विद्यालय खोल्ने पूर्वाधार

उपत्यकाका अधिकांश स्थानीय तहले विद्यालय खोल्न थालेपछि सरकारले हतार नगर्न भनेको छ । आइतबारदेखि उपत्यकाका विद्यालय खोल्ने तयारी गरिरहँदा सरकारले विद्यालय नखोल्न आग्रह गरेको छ । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको संख्या बढिरहेको र नेपालको अवस्था हेर्दा तीन दिनदेखि कोरोना संक्रमितको संख्या १ हजार ४ सयभन्दा बढी हुन थालेको अवस्थामा तत्कालका लागि पर्ख […]

उपत्यकाका विद्यालय अन्योलमा

काठमाडौं, असोज १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग हतारमा विद्यालय खोल्न नहुने सहमति गरेपछि काठमाडौं उपत्यकाका विद्यालय खोल्ने वा नखोल्ने अन्योलमा परेको छ । ललितपुर महानगरपालिकाले आइतबारबाट विद्यालय खोल्ने तयारी गरेको छ । तर, त्यहाँका अधिकांश ठूला विद्यालयका सञ्चालकहरू भने विद्यालय खोल्ने पक्षमा छैनन् । अभिभावक महासंघले दशैंअघि विद्यालय नखोल्न दबाब दिएपछि निजी विद्यालयका […]

आगामी साताभित्र उपत्यकाका विद्यालय खोल्ने तयारी

ईश्वरराज ढकाल, काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई अवस्था हेरेर विद्यालय खोल्न सक्ने अधिकार दिएपछि उपत्यकाका अधिकांश विद्यालय आइतबारबाट खुल्ने भएका छन् । उपत्यकाका दुई महानगरपालिका र ९ नगरपालिकाले आन्तरिक छलफल गरी सकभर आइतबारबाटै विद्यालय खोल्ने तयारी गरेको छ । काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले दुई दिनसम्म कोरोना संक्रमितको संख्या र […]

खुल्न थाले काठमाडौंका विद्यालय : सुरक्षा मापदण्डमा आ–आफ्नै बन्दोबस्ती

५ माघ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड १९) का कारण १० महिनादेखि बन्द काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरू आइतबारबाट खुल्न थालेका छन् । उपत्यकाका सबै स्थानीय तहले औपचारिक स्वीकृति नदिए पनि स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा …

माघदेखि काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

प्रकाश सिलवाल,काठमाडौं । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् । अनलाइन तथा रेडियो÷टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो । कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए । ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ । हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्रमित देखिएका छन् । काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत ९आठौँ० मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताउनुभयो । उहाँले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन/चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने राससलाई जनाउनुभयो । काठमाडौँमा ९२ सामुदायिक र ६४५ निजी ९संस्थागत० विद्यालय छन् । यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन् । कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । काठमाडौँको डिल्लीबजारस्थित विजयस्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पनि आफूहरुलाई विद्यालय खोल्न आत्मबल बढेकाले अब क्रमशः विद्यालय खोल्ने तयारीमा रहेको बताउनुभयो । भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो । विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्र्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघिकै कार्यविधिले दिइसकेको ...