माघदेखि काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

प्रकाश सिलवाल,काठमाडौं । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् । अनलाइन तथा रेडियो÷टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो । कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए । ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ । हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्रमित देखिएका छन् । काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत ९आठौँ० मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताउनुभयो । उहाँले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन/चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने राससलाई जनाउनुभयो । काठमाडौँमा ९२ सामुदायिक र ६४५ निजी ९संस्थागत० विद्यालय छन् । यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन् । कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । काठमाडौँको डिल्लीबजारस्थित विजयस्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पनि आफूहरुलाई विद्यालय खोल्न आत्मबल बढेकाले अब क्रमशः विद्यालय खोल्ने तयारीमा रहेको बताउनुभयो । भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो । विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्र्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघिकै कार्यविधिले दिइसकेको ...

सम्बन्धित सामग्री

उपत्यकाका विद्यालय भोलिबाट खुल्ने

काठमाडौं । महामारीको तेस्रो लहरका कारण बन्द भएका काठमाडौं उपत्यकाका विद्यालय भोलि आइतबारबाट पुनः सञ्चालनमा आउने भएका छन् । कोरोना संक्रमणका कारण पुस २९ गतेबाट बन्द भएका विद्यालय फागुन १ गते आइतबारबाट खुल्ला हुने भएका हुन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले गत आइतबार […]

फागुन १ देखि उपत्यकाका विद्यालय खुल्ने

काठमाडौं । आगामी फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालयहरू खुल्ने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसीसी० को सिफारिसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले हिजो आइतबार साँझ यस्तो निर्णय गरेको हो । त्यसै गरी जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि नै लागु हुने गरी सवारीसाधन सञ्चालनमा लगाइएको जोरबिजोर प्रणाली […]

असोज एक देखि काठमाडौं उपत्यकाका विद्यालय खुल्ने

काठमाडौं । कोभिड–१९ को अत्यासलाग्दो संक्रमणले डेढ वर्षदेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने भएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले संक्रमणको अवस्था हेरेर स्थानीय तहले विद्यालय खोल्न सक्ने निर्णय गरेका हुन् । विद्यालय खोल्नुअघि स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल भने गर्नुपर्नेछ । विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य […]

असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालय खुलाउने निर्णय

असोज १ गतेदेखि काठमाडौं जिल्लाका सबै विद्यालयहरु खुल्ने भएका छन् । आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सबै सरकारी र निजी विद्यालयलाई कोभिड प्रोटोकल पालना गर्दै खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

आगामी साताभित्र उपत्यकाका विद्यालय खोल्ने तयारी

ईश्वरराज ढकाल, काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई अवस्था हेरेर विद्यालय खोल्न सक्ने अधिकार दिएपछि उपत्यकाका अधिकांश विद्यालय आइतबारबाट खुल्ने भएका छन् । उपत्यकाका दुई महानगरपालिका र ९ नगरपालिकाले आन्तरिक छलफल गरी सकभर आइतबारबाटै विद्यालय खोल्ने तयारी गरेको छ । काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले दुई दिनसम्म कोरोना संक्रमितको संख्या र […]

आजबाट काठमाडौंमा विद्यालय भौतिक रुपमै खुल्ने

काठमाडौं । विश्वव्यापी कोरोना महमारीले बन्द भएको काठमाडौं उपत्यकाका विद्यालय आजबाट खुल्ने भएका छन् ।

माघदेखि काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

२४ पुस, काठमाडौं । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक …