जाडोयाम सुरु हुनासाथ मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) को संक्रमण बढेको छ । कोभिड संक्रमण उत्कर्षमा रहेको समय आम व्यक्ति र चिकित्सकले खासै चासो नलिने मौसमी रुघाखोकी संक्रमितहरूलाई पुनः हैरान बनाउन थालेको छ । पछिल्लो तीन वर्षयता मौसमी रुघाखोकी संक्रमण खासै चर्चामा थिएन ।