गाउँमा मौसमी रुघाखोकी बिरामी बढ्दै

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा २ थाली गाउँमा मौसमी रुघाखोकी बिरामी बढेका छन् । मौसममा परिवर्तन आएसँगै थाली गाउँमा बिरामीको सङ्ख्या बढेको हो । गाउँमा केही दिन अगाडिदेखि ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहितका बिरामी रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्राविधिक रमेश शाहीले बताए । गाउँपालिकाले आफ्नो मातहतका वडा एक देखि पाँचसम्म कोरोना परिक्षणको दायरालाई बढाएसँगै आफुहरु थालीमा गाउँमा कोरोना परीक्षण गर्न पुग्दा गाउँ नै मौसमी रुघाखोकीले थला परेको र प्रायः घरमा मौसमी बिरामी मात्