जाजरकोट । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले विद्युतीकरणमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विद्युतीकरण गर्दा रुख कटानलगायतका समस्या पटक पटक आउँदा काम प्रभावित हुने गरेको गुनासो आएपछि मन्त्री सिंहले आज उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख शम्भु कुसियत यादव […]