प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो राजीनामा मागेपछि सार्वजनिक लेखा समितिका सभापति भरत शाहले सभापति पद छाड्ने कि नछाड्ने आफ्नो स्वेच्छाको कुरा भएको बताएका छन् ।
२०५६ सालदेखि नै आफू सार्वजनिक लेखा समितिमा बस्दै आएको भन्दै उनले २० वर्षको अवधिमा कसैले पनि राजीनामा गएर गएको आफूलाई थाहा नभएको बताए ।
बैठकमा एमाले सांसद गोकुल बाँस्कोटाले लेखा समितिको सभापति प्रतिपक्षी दलको हुने भन्दै साहको राजीनामा मागेका थिए ।
'संसदीय मान्यताअनुसार लेखा समिति प्रतिपक्षी दलले पाउनुपर्ने हो । अहिलेसम्म पाइएको छैन,' ब...