पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्यु दण्डको सजाय सुनाइएको छ ।
पाकिस्तानको इतिहासमै पहिलो पटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
उनलाई सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख परवेज मुसर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए ।