म्याग्दी : दशैँमा मुस्ताङी च्याङ्ग्राको स्वादिलो मासु खाने रहर सबैलाई हुन्छ। तर, रहर भएर के गर्नु, यस वर्ष मुस्ताङी भेडाच्याङ्ग्राको मूल्य अत्यधिक बढेपछि सामान्य आय भएका व्यक्तिले मुस्ताङ्गी च्याङ्ग्राको मासु खान नसक्ने भएका छन्।दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट निकासी भएका च्याङ्ग्रा बजारमा आएका छन्। म्याग्दी, बागलुङ, पर्वत कास्की, हुँदै काठमाडौंलगायत जिल्लाबाट व्यापारीहरू मुस्ताङका गाउँगाउँमा र किसानका गोठहरूमा नै पुगेर खरिद गरेका च्याङ्ग्रा बजारमा ल्याई पुर्याएका हुन्।भेटेरेनरी अ