काठमाडौँ। निलम्बित सांसद मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ। पूर्वमन्त्री समेत रहका नेपाली कांग्रेसका नेता आलमले बम विस्फोट गराई ज्यान समेत मारेको सम्बन्धी मुद्दाको सुनुवाई आज हुन लागेको हो।
आलामविरुद्धको मुद्दा सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ।