प्रतिनिधि सभा बैठक : प्रचण्ड-नेपाल पक्षद्वारा बहिष्कार, कांग्रेसले घेर्‍याे रोष्ट्रम

काठमाडौं । आइतबार बसेको संसद बैठक नेकपा प्रचण्ड–नेपाल समूहले बहिष्कार गरेको छ । सरकारले ल्याएका अध्यादेश पेस गरेकोप्रति असहमति जनाउँदै प्रचण्ड–नेपाल पक्षले संसद बैठक बहिष्कार गरेको हो । बैठक सुरु हुनासाथ सांसद भीम रावलले त्यसप्रति आपत्ति जनाउनुभएको थियो । तर सभामुखले जरुरी भएको भन्दै अध्यादेश पारित गर्ने प्रस्ताव पेस गरेपछि प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गरेको हो । रावलले प्रधानमन्त्री आफैले हत्या गरेको यो प्रतिनिधि सभामा उनै प्रधानमन्त्रीले यी कुराहरु प्रस्तुत गर्न मिल्छ र भनी प्रश्न गर्नुभएको थियो । सभामुखले प्रस्तुत गरेमा सो प्रक्रिया बहिस्कार गर्ने भनी रावलले भने पनि सभामुख अग्निप्रसाद सापकोटाले ती अध्यादेश प्रस्तुत गरेपछि प्रचण्ड–नेपाल पक्षका सांसदहरुले बैठक बहिष्कार गरेका हुन्। यता, नेपाली कांग्रेसले पनि सोही विषयमा संसदको राष्ट्रम घेराउ गरेको छ । कांग्रेसको विरोधपछि संसद् बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो ।