साराङकोटमा ६ करोडको लगानीमा पञ्चमुखी गणेशको मूर्ति निर्माण गरिँदै

कास्की । साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताउनुभयो । “पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट […]

सम्बन्धित सामग्री

आईपीओ जारी गर्दै अन्नपूर्ण केबल कार, विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

काठमाडौं (अस) । अन्नपूर्ण केबलकारले सर्वसाधारणमा आईपीओ जारी गर्दै छ । पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केबलकार नेपालमा हिमशृंखलाको सबैभन्दा नजिक सञ्चालित र विदेशी लगानी भएको एकमात्रै केबलकार हो । कम्पनीले आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाउन विक्री प्रबन्धक नियुक्त गरेको छ । वैशाख २७ गते एक कार्यक्रम आयोजना गरी कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।  २०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकार कम्पनीको जारी पूँजी रू. १ अर्ब ५५ करोड रहेको छ । जारी पुँजीको २० प्रतिशत दरले हुन आउने ३१ लाख कित्ता आईपीओ कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा विक्री गर्नेछ । केबलकारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढाउनको लागि २० प्रतिशत आईपीओ विक्री गर्न लागेको जानकारी कम्पनीका अध्यक्ष गुरुङले दिएका छन् । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारीसमेत गुरुङले दिएका छन् ।  पाँच वर्षअघि निर्माण शुरू भएको केबलकार कोभिडको कारण तोकिएभन्दा दुई वर्ष ढिला गरी सञ्चालनमा ल्याइएको हो । आईपीओ निष्कासनपछि कम्पनीले थप परियोजनामा समेत लगानी गर्ने योजना रहेको अध्यक्ष गुरुङको भनाइ छ । पोखरा महानगरपालिका-१८ स्थित सेतीबगरमा अन्नपूर्ण केबलकारको बटम स्टेशन निर्माण गरिएको छ । यसको निर्माण लागत रू. १ अर्ब ९७ करोड रहेको कम्पनीको भनाइ छ । कम्पनीका संस्थापकहरूले रू. ९० करोड लगानी गरेको र केबलकार निर्माणको लागि कम्पनीले बैंकसँग रू. १ अर्ब ७ करोड कर्जा लिएको जानकारी कम्पनीले दिएको छ ।  केबलकारको माथिल्लो स्टेशन सराङकोटमा अहिले पञ्चमुखे गणेशको मूर्ति निर्माण भइरहेको छ । यो मूर्ति विश्वकै ठूलोमध्ये एक हुने कम्पनीको दाबी छ । उक्त मूर्ति ४८ फिट अग्लो र ४४ फिट चौडाइको रहेको छ । यो मूर्तिसहित भ्यू टावरलगायत अन्य संरचना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । केवलकार चढेर सराङकोटबाट सूर्योदय, सूर्यास्त तथा हिमालको दृश्य हेर्न सकिन्छ । विश्वकै पर्यटकीय सूचीमा रहेको पर्यटकीय नगरी पोखराको अन्नपूर्ण केबलकारबाट तीन किसिमका दृश्यावलोकन गर्न सकिनेछ । सूर्योदय, सूर्यास्त, हिम शृंखलासहित तालको समेत एकै स्थानबाट अवलोकन गर्न सकिनेछ । यो केबलकार परियोजनामा जापानी निप्पोन केबलकारको प्रविधि प्रयोग गरी निर्माण गरिएकाले सुरक्षाको हिसाबले बढी सुरक्षित मानिने कम्पनीको भनाइ छ । २०७८ साल फागुनदेखि सञ्चालनमा आएको केबलकारमा क्याबिनसहित १८ वटा गोन्डोला रहेको छन् । केबलकारको शुरूको स्टेशनदेखि अन्तिमसम्म १३ वटा टावर बनाइएको छ । एउटा गोन्डोलामा आठ जनाले यात्रा गर्न मिल्छ । एक घण्टामा ५०० जना यात्रुले यात्रा गर्न मिल्ने कम्पनीले जनाएको छ । यो केबलकार नेपालमा सञ्चालनमा रहेका केबलकारमध्ये विदेशी लगानीमा निर्माण भएको र हिमालको सबैभन्दा नजिक रहेको नेपालकै पहिलो रहेको दाबी कम्पनीले गरेको छ ।

सगरमाथादेखि तराईका फाँटको दृश्यावलोकन हुने मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीस्थित पर्यटकीयस्थल मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । चारैतिर घना जंगलको बीचमा अग्लो डाँडामाथि हरिया चौर रहेको मैस्याङटार गाउँपालिका र प्रदेश सरकारको लगानीमा प्रवर्द्धन थालिएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ नयाँ वर्ष, दशैं, तिहार, साकेला उभौली तथा मङ्सिरपछि आन्तरिक पर्यटक पुग्नुका साथै स्थानीय बासिन्दा वनभोज (पिकनिक) जाने गरेका थिए । प्राकृतिकरूपमा सुन्दर भएकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस क्षेत्रमा उद्यान तथा पदमार्ग निर्माण गरिएको छ । प्रवर्द्धनको काम थालिएसँगै पछिल्लो समय यहाँ घुमफिर र भ्रमण गर्ने आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए । ‘यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको नेतृत्वमा ध्रुव स्मृति उद्यान, मैस्याङटारको शिरमा पुग्ने पदमार्गलगायत संरचना बनिसकेका छन्,’ उनले भने । वडाध्यक्ष राईले सुम्नीमा-पारुहाङ उद्यान निर्माण भइरहेको उल्लेख गर्दै निर्माणाधीन अवस्थामा पनि आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको बताए ।  १ हजार १०० रोपनी क्षेत्रफलमा रहेको मैस्याङटार घुम्न आउनेका लागि विभिन्न ठाउँमा मनोरञ्जन गर्न तथा आराम गर्न मिल्ने फलैंचा बनाइएको छ । पालिका र प्रदेश सरकारको लगानीमा पर्यटन प्रवर्द्धनको काम शुरू भएसँगै घुमफिर तथा दृश्यावलोकनका लागि आउने बाह्य पर्यटकको संख्या बढ्न थालेको स्थानीयले बताएका छन् । आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परे पनि दिप्रुङ चुइचुम्माको मैस्याङटार रोजाइमा पर्ने गरेको छ । यहाँबाट तराईका विभिन्न फाँट तथा सप्तकोशीस्थित भीमनगरको पुलसमेत देख्न सकिन्छ । यहाँसम्म पुग्न कच्ची सडक बनिसकेको छ । सडकबाट उत्तिस र सल्लाको जंगल पार गर्दै करीब १० मिनेट पैदल हिँडेपछि मैस्याङटारको डाँडामा पुगिन्छ । पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको लगानीमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएको पालिका अध्यक्ष प्रमुख लोकेन्द्र राईले जानकारी दिए । ‘प्रदेश सरकारले गत वर्ष रू. १५ लाख विनियोजन गरेको थियो भने यस वर्ष रू. १० लाख विनियोजन गरेको छ,’ उनले भने, ‘मैस्याङटारको चौतर्फी विकास गर्न स्थानीय अकिराज राईको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेर काम थालिएको छ ।’ मैस्याङटारको चौतर्फी विकासका लागि रू. ४ करोड ८८ लाखको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएको छ । डीपीआरअनुसार यहाँ किराँती राजा यलम्बर, बुद्ध, शिव, पार्वती र गणेशको मूर्ति स्थापनाका साथै अतिथि भवनलगायत संरचना निर्माण गरिनेछ । मैस्याङटारबाट उत्तरी क्षेत्रमा पर्ने सगरमाथादेखि दक्षिणमा तराईका विभिन्न फाँटको दृश्यावलोकन गर्न सकिन्छ । -रासस

साराङकोटमा पञ्चमुखी गणेशमूर्ति निर्माण गरिने

कास्की । कास्कीको साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताए ।

साराङकोटमा पञ्चमुखी गणेशमूर्ति निर्माण गरिने

कास्की– कास्कीको साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताए । ‘पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट […]

कालापानीमा बुद्धको स्तूप

जैविक विविधतायुक्त, जिल्लाकै गौरव एवं पालिकाको पहिचान दिने शैलुङको धार्मिक एवं पर्यटन प्रवद्र्धनका लागि शैलुङ गाउँपालिकाले विकासका विभिन्न संरचना निर्माण गरेको छ । समुद्र सतहदेखि करिब तीन हजार मिटर उचाइमा रहेको शैलुङको विकासका लागि कालापानीलाई बेस क्याम्प बनाई विभिन्न संरचना निर्माण गरिएको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार शैलुङले बुद्धलाई नै परिचित गराएको छ । यसलाई मध्यनजर गरी बेस क्याम्पमा ७० लाख रुपियाँको लगानीमा २५ फिट अग्लो बुद्धको स्तूपा र गुप्तेश्वर महादेवको मूर्ति स्थापना गरिएको छ । पर्यटकका लागि ५० जना क्षमताको गोलघर निर्माण भएको छ

अर्घामा दुई करोडको मूर्ति स्थापना गरिँदै

सन्धिखर्क नगरपालिकाले अर्घा दरबारमा २ करोड रुपैयाँ लगानीमा आकर्षक मूर्ति स्थापना गर्ने भएको छ । सिंहमाथि भगवती देवी बसेको पित्तलको मूर्ति एक वर्षदेखि ललितपुरमा निर्माण भइरहेको छ ।

टिकटक पार्कमा पर्यटक आउन थाले, स्थानीय खुशी

तनहुँको व्यास नगरपालिका १० परेवाडाँडामा निर्माण गरिएको पिजन हिल टिकटक पार्क पर्यटकको रोजाइमा पर्न थालेको छ । पार्क हेर्न र टिकटिक बनाउनेको भीड बढ्न थालेपछि पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । पार्कभित्र चिल्ड्रेन फनपार्क, टिकटक ब्रिज, आकर्षक शिवको मूर्ति, गुफा आकारको कफी हाउस, परेवाको मूर्ति, लठ्ठे पिङ निर्माण गरिएको छ । व्यक्तिगत लगानीमा नै हालै पार्क निर्माण गरिएको हो । पार्क निर्माणका लागि ८० लाख रुपियाँ लगानी गरिएको सञ्चालक विवेक सापकोटाले जानकारी दिनुभयो ।

महालक्ष्मी नगरमा बन्‍यो वनझाँक्री पार्क, उदघाटनमा विवाद

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकामा वनझाक्री पार्क निर्माण गरिएको छ। महालक्ष्मी नगरपालिका-६ र ७ को सिमानामा पर्नै गढीमा डाँडैडाँडा वनझाक्री पार्क निर्माण गरिएको हो। प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको लगानीमा पार्क निर्माण गरिएको हो। पार्कमा वनझाँक्रीको मूर्ति, पर्यटकका लागि करिब एघार सय खु...

ढुंगाबाट बनेको नेपालकै ठूलो बुद्धमूर्ति मुस्ताङमा

पर्वत : बौद्ध र हिन्दू दुवै धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा चिनिएको हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा ढुंगाबाट बनेको नेपालकै सबैभन्दा ठूलो बुद्ध मूर्ति निर्माण गरिएको छ। अमेरिकामा रहेर व्यवसाय गर्दै आएका सोनाम लामाले चार करोड रुपैयाँ लगानीमा उक्त मूर्ति निर्माण गरेका हुन्।  ३५ फिट अग्लो र ६० किलो...