नेपाल उद्योग परिसंघ (सिएनआई) ले विदेशी पर्यटकलाई अनअराइभल भिसा खुल्ला गरेर सरकारले राम्रो काम गरेको बताएको छ ।
शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै परिसंघले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकलाई नेपाल प्रवेशका लागि खुल्ला गर्नु सरकारको स्वागतयोग्य कदम रहेको बताएको हो ।
सो अवसरमा परिसंघले सरकारको यो निर्णयले कोभिड १९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्न र पर्यटन उद्योगको पुनरुत्थानका लागि सकारात्मक पहल हुने समेत बताएको छ । परिसंघले यसका लागि नेपाल सरकारलाई धन्यवा...