नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । गठबन्धनका दलको समर्थनमा उनले उम्मेदवारी दिन लागेको भुसालले बताए । आईतबार विहान आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा नेता भुसाललाई समर्थन गर्न माओवादी अध्यक्ष प्रचण्ड तयार भएपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरको भुसालले बताए