रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बनमारा झार’ को संज्ञा दिएका छन् । देशको संवैधानिक फूलहरुको बगैँचामाथि बनमारा झारले आक्रमण गरेको भनी उनले टिप्पणी गरे । भुसालले भने, ‘ओली साँच्चिकै बनमारा झार रहेछन्, अन्ततः उनले आफ्नो चरित्र देखाइ छाडे । बनमाराले आफ्नो अस्तित्व समेत संकटमा पार्ने गरी बगैचा उजाड बनाउने कोसिस गर्यो ।’ शुक्रबार जिल्लाको धकधइ क्षेत्रका मतदाताहरूसँग कु