घनश्याम भुसालले केपी ओलीका कारण आफूले एमाले त्यागेको बताएका छन् । त्रिभुज चिह्न लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले एमाले अध्यक्ष ओलीको कारण पार्टी छाडेको बताएका हुन् ।ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गरेको उनको दाबी छ । 'एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्यले बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा र विकासको लागि बनेको हो,' उनले