पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४६७६ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जना संक्रमित थपिएका हुन् ।
काठमाडौंमा ३८ हजार ५८१ सक्रिय संक्रमित छन् भने हालसम्म मृत्यु संख्या दुई हजार २५२ र संक्रमणमुक्त हुनेको संख्या दुई लाख ९९ हजार २६५ रहेको छ ।
भक्तपुरमा पाँच हजार २१० सक्रिय संक्रमित, मृत्यु संख्या ४४० र संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ६४३ छ ।
त्यस्तै ललितपुरमा सक्रिय संक्रमित ९ हजार ५१, मृत्यु संख्या ७१५ र संक्रमण हुनेको स...