उच्च अदालत जनकपुरले प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रदेश आमसञ्चार प्राधिकरणका सदस्य अमरेन्द्रकुमार यादवसमेत निवेदक रहेको उत्प्रेषण परमादेश मुद्दामा उच्च अदातलत जनकपुरका न्यायाधीश रामेश्वर रेग्मीको इजलासले सोमबार मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।