काठमाण्डाै – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई दुई सय पाँच रनकाे लक्ष्य दिएकाे छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) काे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनायाे । उसका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए । यस्तै चाद साेपरले ३५, टाेनी उराले २७ र लेगा सियाकाले २५ रन जाेडे ।
बलिङतर्फ नेपालका साेमपाल कामीले तीन विकेट लिए । यस्तै सन्...