चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सो पार्टीले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको सूची बुझाएको हो । जनमोर्चाका नेता हिमलाल पुरीले प्रतिनिधिसभातर्फ ११० जनाको सूची आयोगमा बुझाइएको जानकारी दिए । यसैगरी प्रदेशतर्फ बागमतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको उनको भनाइ छ ।