खसेको भन्दा बढी मतपत्र देखिएपछि गौरीगञ्जमा गणना प्रभावित
गौरीगञ्ज गाउँपालिकामा मत गणना प्रभावित भएको छ । वडानम्बर १ को मत परिणाममा चित्त नबुझाएर मुख्य दल गणनाबाट बाहिरिएपछि गणना प्रभावित भएको हो ।
वडानम्बर १ मा मत पत्र मुचुल्का गर्दाको...
इलाम : पूर्वप्रधानमन्त्री एवं इलामा १ बाट प्रतिनिधसभा सदस्य उम्मेदवार झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।उनले खसेको मतपत्र भन्दा गणनामा बढी देखिएको भन्दै आपत्ति जनाएका छन् । थाहखबरसंग कुरा गर्दै खनालले पछिल्लो ६ वटा केन्द्रको गणनामा मुचुल्काभन्दा बढी गणना भएको पाइएको बताए ।‘२४२४ मत खसेको मुचुल्का छ। यिनै बाकसमा गन्दा २६९० मतपत्र फेला परेको छ। २६६ मतपत्र बढी भेटिए । यी मतपेटिका बाकसमा ब्रह्माजी आएर राखिदिएको हो की महादेव आएर राखेको हो ?’ उनले भने &lsq
काठमाडौं, असार १४ । गाउँभन्दा सहरमा शिक्षित जनसङ्ख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी हुने विश्वास गरिए पनि बदर मतको स्थिति भने ठीक विपरीत पाइएको छ । स्थानीय तह निर्वाचन २०७९ मा गाउँभन्दा सहरमा बदर मत बढी खसेको छ । त्योभन्दा पनि दलहरूबीच तालमेल भएका सहरमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ ।निर्वाचन […]
गाउँभन्दा सहरमा शिक्षित जनसङ्ख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी हुने विश्वास गरिए पनि बदर मतको स्थिति भने ठीक विपरीत पाइएको छ । स्थानीय तह निर्वाचन २०७९ मा गाउँभन्दा सहरमा बदर मत बढी खसेको छ ।त्योभन्दा पनि दलहरूबीच तालमेल भएका सहरमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ ।निर्वाचन आयोगले दलहरूका कारण बदर मत बढी भएको दाबी गरेको छ तर आयोगका पूर्वपदाधिकारी भने आयोगकै कमजोरीले बदर मत बढेको बताउँछन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले गाउँभन्दा सहरमा मत बढी बदर भएका
मोरङको रंगेलीमा बढी मत भेटिएपछि तनाव भएको छ । खसेको भन्दा १०८ मत बढी भेटिएपछि दलहरूको प्रदर्शन र नाराबाजी गर्दा स्थिति तनावग्रस्त भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रण अश्रुग्यास प्रहार गरेको छ । बढी मत भेटिएपछि एमाले बाहेकका दलहरुले प्रदर्शन गरेका हुन् । मत गणनाका क्रममा रंगेली नगरपालिकाको वडा नम्बर ७ मा बढी मत भेटिएको हो ।
बुटवल – रुपन्देहीमा ७० प्रतिशतभन्दा बढी मत खसेको छ। रूपन्देहीका १६ स्थानीय तहमध्ये मर्चवारी गाउँपालिका र कञ्चन गाउँपालिकामा अहिले पनि मतदान जारी छ। रूपन्देहीमा ७० प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए। मतदान सकिएका स्थानमा ९ः३० बजेदेखि मतगणना गर्ने तयारी छ।
सुनसरी : सुनसरीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरेको छ। अहिले पनि सुनसरीका केही ठाउँमा मतदान जारी रहेकाले प्रारम्भिक रुपमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।मतदाता धेरै भएका ठाउँमा समय बढी लागेको उनले बताए। मतदान समयावधि भर सुनसरीमा कुनै ठुला मतदानलाई प्रभाव पार्ने गतिविधि नभएको उनको दाबी छ।
बर्दियामा दिउँसो ३ बजेसम्म ४७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताए ।मतदानस्थलमा बिहान मतदाता कम देखिए पनि दिउँसो भीडभाड भएको उनले जानकारी दिए ।
२८ पुस, सुर्खेत । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको छ । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए । सातौं जिल्ला अधिवेशन […]
नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका सबै कार्यक्रम रद्द गरिएको छ। अब केन्द्रीय निर्वाचन आयोगको छानबिन पछि मात्र थप प्रक्रिया अघि बढाउने बताइएको हो। तर नेताहरू अहिले छलफलमा रहेको एमाले दैलेखका नेता लक्ष्मीप्रसाद पोखरेलले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार एमाले दैलेखमा जम्मा मतदाताको सङ्ख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मत पेटिका खोल्दा ७४८ मत भेटिएपछि निर्वाचन मण्डलको कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको छ।