एमाले दैलेख अधिवेशनमा भाँडभैलो : खसेको भन्दा ३१ मत बढी भेटियो, निर्वाचन रद्द

नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका सबै कार्यक्रम रद्द गरिएको छ। अब केन्द्रीय निर्वाचन आयोगको छानबिन पछि मात्र थप प्रक्रिया अघि बढाउने बताइएको हो। तर नेताहरू अहिले छलफलमा रहेको एमाले दैलेखका नेता लक्ष्मीप्रसाद पोखरेलले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार एमाले दैलेखमा जम्मा मतदाताको सङ्ख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मत पेटिका खोल्दा  ७४८ मत भेटिएपछि निर्वाचन मण्डलको कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको छ।

सम्बन्धित सामग्री

बाजुरामा मतगणना स्थागित

बाजुरा । हिमाली गाउँपालिका ६ धिममा मुचुल्का भन्दा ३० मत बढी भेटिएकाे मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनु भएकाे छ। उहाँले भन्नुभयाे,’कर्मचारीले खसेको मतको मुचुल्का भन्दा ३० मत बढी भेटेका छन्, बाहिर हल्ला गरेको जस्तो ४० मत हाेइन्।’ मुचुल्का भन्दा ३० मत बढी भेटिएपछि नेकपा एमाले बाजुराले मतगणना स्थगित गर्न माग गरेको हाे। प्रतिनिधि सभाको […]

खसेको भन्द ३१ मत बढी भेटिएपछि दैलेख एमालेको मतगणना स्थगित

नेकपा एमाले दैलेखको पुस २३ गते उद्घाटन भएको अधिवेशनमा नेतृत्व चयनका लागि केही दिन सहमतिको प्रयास गरिएपनि अन्तत निर्वाचन भयो । मंगलवार बिहान भएको निर्वाचनपछि मतगणनाको प्रक्रिया सुरु गर्दा खसेको...