विद्युत् महसुलको डिजिटल भुक्तानी विस्तार गर्न मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको बिल तिर्न नागरिक कार्यालयमा लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। हेटौँडामा विद्युत् डिभिजन कार्यालयका प्रमुखहरूसँगको छलफलमा उनले नेपाल विद्युत् प्राधिकरणलाई अनलाइन भुक्तानीको सुविधा विस्तारसँगै त्यसको प्रयोग बढाउन आग्रह गरेका हुन्। डिजिटल भुक्तानी विस्तार गर्ने योजना प्राधिकरणको सञ्चालक समितिबाट स्वीकृत भइसकेको […]