काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रले चीनसँग बिआरआई लगायतका परियोजना कार्यान्वयन गर्न माग गरेका छन्।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त माग गरेका हुन्। आइतबार चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यीसँगको छुट्टाछुट्टै भेटका क्रममा नेता ओली र प्रचण्डले उक्त माग गरेका हुन्।भेटका क्रममा ओलीले बीआरआई अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजना अगाडि बढाउन चीनसँग आग्रह गरे।नेपालको तीनदिने भ्रमणमा रहेका चिन