स्थानीय सरकार आगामी वर्षको बजेट तयार गर्न कस्सिएका छन् । जनप्रतिनिधिलाई गाउँ टोलका कार्यक्रमको उद्घाटन, भाषण गर्न, अनुगमनमा जान तालिका मिलाउनै फुर्सद छैन । जिल्लास्तरको विपद् व्यवस्थापन समितिको बैठकमा मुस्किलले सहभागी बन्छन् । विपद् व्यवस्थापनमा चासो दिएको प्रतिबद्धता दोहोरयाउँछन् । तर, आफ्नो क्षेत्रको विपद् जोखिमको पहिचान गरी नक्सांकन गर्न भने चुकेका छन् ।