सर्वोच्चले एमालेलाइ भन्यो–समाजवादीमा जान चाहेका दुई सांसदलाई कुनै कारवाही नगर्नु

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदलाई कुनै कारवाही नगर्न आदेश गरेको छ।   न्यायाधीश मीरा खड्काको एकल इजलासले अन्तरकालिन अन्तरिम आदेश लगायतका...

सम्बन्धित सामग्री

एकीकृत समाजवादी मागेका एमालेका दुई सांसदलाई कुनै कारवाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ २७ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदलाई कुनै कारवाही नगर्न आदेश गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले अन्तरकालिन अन्तरिम आदेश लगायतका आदेश जारी गरेको हो । सर्वोच्चले निर्वाचन आयोगका नाममा सनाखत नगराउनुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ […]

कारवाही गरिएका १४ सांसदलाई बैठकमा बस्न दिए संसद् अवरुद्ध गर्ने एमालेको तयारी

एमालेले कारवाही गरेको भनेको १४ जना सांसदलाई बैठकमा सहभागी हुन दिए संसद् बैठक नै चल्न नदिने तयारी एमालेले गरेको छ ।  आज संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले गैरसांसदलाई बैठकमा सहभागी हुन दिए बैठक चल्न नदिने बताएका छन् ।  आज दिउँसो ४ बजे संसद्को अधिवेशन बोलाइएको छ । एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकले १४ जना सांसदलाई कारवाही गरेको पत्र भदौ १ गते संसद् सचिवालयमा दर्ता गरेको थियो ।  त्यसबेला संसद् चालु नरहेको हुँदा...

कर्णालीका ४ सांसदमाथि एमालेको कारवाही सदर (आदेशसहित)

कर्णालीका ४  जना सांसदलाई  एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारवाही सर्वोच्च अदालतले सदर गरेको छ । केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरुलाई गरेको कारवाही सदर गर्ने आदेश गरेका हुन् । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । तर, एमालेले गरेको सो कारवाहीला

जनमोर्चाका दुई सांसदमाथि कारवाही हुने !

गण्डकी प्रदेशमा जनमोर्चाका दुई सांसदलाई पार्टीले कारवाही गर्ने भएको छ । उनीहरुमाथि कारवाही भएपछि गण्डकी प्रदेशसभाको अंक गणितमा हेरफेर आउने भएको छ । फेरिएको अंकगणितका कारण मुख्यमन्त्री गुरुङको पद धरापमा पर्ने निश्चित भएको छ । हाल गण्डकी प्रदेशमा ६० जना सांसद छन् । जनमोर्चाका दुई सांसदमाथि कारवाही भएपछि प्रदेशसभाको संख्या ५८ मा झर्ने छ । त्यो अवस्थामा सरकार गठनका लागि २९ जना भए बहुमत पुग्छ ।मुख्यमन्त्रीमा पुनःनियुक्त भएका पृथ्वी सुब्बा गुरुङको पक्षमा अहिले दीपक मनाङ्गेसहित २८ जना छन् । विपक्ष

लुम्बिनीका सभामुखलाई महन्थ ठाकुरको पत्र : जसपा सांसदलाई कुनै कारवाही भएको छैन

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशसभा सभामुखलाई पत्र पठाएर प्रदेशसभा सदस्यहरूलाई कुनै कारवाही नभएको स्पष्ट पारेका छन् । बिहीवार प्रदेशसभा सचिवालय जसपाका ४ सांसदलाई पार्टी कार्यकारिणी समितिले पार्टी सदस्यबाट निष्कासन गरेको व्यहोरासहित सूचना टाँस गरेको छ । जसपा अध्यक्ष ठाकुरले लुम्बिनीका सभामुखलाई बिहीवारै पत्र लेखेर कार्यकारिणी समितिबाट कसैलाई पनि कारवाही नभएको र लुम्बिनीमा ६ सदस्यीय प्रदेश संसदीय दललाई नै लोकतान्त्रिक तरिकाले निर्णय गर्ने स्वायत्तता दिइएको जनाएका छन् । जसपा संसदीय ...