काठमाण्डाै - विभाजनको नजिकै पुगेको सत्तारुढ नेकपा एमालेमा फेरि सहमतिको पहल सुरु भएको छ । माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेपछि अवरुद्ध भएको सहमतिको प्रयास फेरि सुरु भएको हो ।संस्थापन पक्षले नेताहरु नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको छ भने अरु १२ जनालाई स्पष्टीकरण सोधेको छ । तर उनीहरुले स्पष्टीकरणको जवाफ दिएका छैनन् । स्पष्टीकरण नदिने उनीहरुलाई समेत कारबाही गर्ने तयारी भइरहँदा दुवै पक्षका दोस्रो तहका नेताहरु सहमतिको प्रयासमा लागेका हुन् ।...