निर्वाचन आयोगले निर्वाचन तयारी र दल दर्ताबारे छलफल गर्न नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल समूहलाई पुनः बोलाउने भएको छ। निर्वाचन तयारीका विषयमा छलफल गर्न शुक्रबार बोलाइएको बैठकमा थप समय माग गरी दाहाल–नेपाल समूह अनुपस्थित भएपछि आयोगले नेकपाका दुवै अध्यक्ष समूहलाई पुनः बोलाउने भएको हो।
निर्वाचन आयोगले गत साता मात्रै विवाद सुरु हुनुअघि साबिककै नेकपाको व्यवस्थालाई मान्यता दिँदै कानुनी रूपमा नेकपा एक भएको निष्कर्ष निकालेको थियो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन प्रयोजनका लागि द...