कामिरीताकाे नेतृत्वमा सगरमाथाकाे पहिलो आरोहण सफल

यस वर्षको सगरमाथा हिमाल (८,८४८.८६ मिटर) को पहिलो आरोहण शनिबार साँझ ६ः५५ बजे कीर्तिमानी आरोही कामीरिता शेर्पा सहित ११ जना आरोहीले गर्नुभएको छ ।

सम्बन्धित सामग्री

धरेलको अध्यक्षमा एनसिएसएको नयाँ कार्यसमिति चयन

नेपाल आरोहण खेल संघ (नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन)को छैटौँ महाधिवेशनले पर्यटन व्यवसायी हरिप्रसाद धरेलको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरेको छ ।  शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनले धरेलको नेतृत्वमा सर्वसम्मत रूपमा संघको नयाँ...

मनास्लुमा बीस वर्षपछि हिउँदे आरोहण

काठमाडौं, माघ १ । दुई दशकपछि यस वर्षको हिउँदे सिजनमा मनास्लुमा पहिलो आरोहण भएको छ । उच्च हिमाल आरोहण गर्न चुनौतीपूर्ण मानिने यस सिजनमा एक जना स्पेनिस नागरिकसहित छ जना शेर्पा आरोहीको समूहले सन् १९९८ पछि पहिलो पटक मनासलु आरोहण गरेका हुन् । ४१ वर्षीय एलेक्स टेक्सिनको नेतृत्वमा गएको आरोही समूहले अघिल्लो शुक्रबार बिहान मनासलु चुचुरो टेकेका […]

डाक्टर प्रीति बनिन् सगरमाथा आरोहण गर्ने पहिलो महिला चिकित्सक

काठमाडौंः नेपालको पहिलो महिला चिकित्सकको रूपमा डाक्टर प्रीति भुसालसहितको टोलीले सगरमाथा आरोहण गरेको छ। वैशाख २९ गते भुसालसहितको टोलीले आरोहण गरेको हो। पर्वतारोही पेम्बा दोर्जी शेर्पाको नेतृत्वमा टोलीले आरोहण गरेको हो। कोभिड १९ विरुद्धको लडाईंमा अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको सम्मान गर्न…

चार हिमालबाट १७ हजार केजी फोहोर संकलन

फोहोर संकलनमा सैनिक तथा शेर्पासहित ९१ जना सहभागी, पहिलोपटक कञ्चनजंघा आरोहण नेपाली सेनाको नेतृत्वमा गएको हिमाल सफाइ अभियान टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुबाट १७ हजार केजी फोहोर संकलन गरेको छ...

१० मलेसियाली नागरिक सगरमाथा आरोहणको लागि नेपाल आउँदै

काठमाडौँ– यो वर्ष सगरमाथा आरोहण गर्नको लागि दश मलेसियाली नागरिक नेपाल आउन लागेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभियानमा विभिन्न जात, धर्म र पृष्ठभूमिका मलेसियाली आरोहीहरू झण्डै तीन वर्षको ढिलाइपछि सगरमाथा आरोहण गर्दैछन् । अल्टिच्युड एक्सप्लोरेसन क्लबका अध्यक्ष ३३ वर्षीय अजिम अफिफ इशाकको नेतृत्वमा रहेको टोली ६३ दिने मिसनमा अर्को महिना नेपाल […]

आठ युवाद्वारा मर्दी हिमालको आरोहण सफल

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का आठ युवाले पाँच हजार ५८७ मिटरको मर्दी हिमाल एकैसाथ सफल आरोहण गरेका छन् । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको सो हिमाल पदयात्रासँगै हिमाल आरोहणको प्रवर्द्धनका लागि पर्यटन क्षेत्रमा क्रियाशील उनीहरूले हिमाल चढेका हुन् । यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल […]

एकै दिन ८० जनाले गरे सगरमाथा आरोहण

सोलुखुम्बु । मंगलबार बहराइनका राजपरिवारसहित एकै दिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार मंगलबार बिहान ६ः४० बजे बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोली सगरमाथाको शिखरमा पुग्न सफल भएको हो । ‘खलिफासहित टोलीका १६ मध्ये १२ सहित अन्य करिब ८० जना सगरमाथाको शिखर पुगेका छन्’, आधारशिविरमा रहेकी विभागका निर्देशक आचार्यले टेलिफोन सम्पर्कमा भनिन्, ‘आरोहण टोलीसँग राम्रो टेलिफोन सम्पर्क हुन सकिरहेको छैन त्यसैले यो संख्यामा थपघट हुन सक्छ ।’       स्वदेशी तथा विदेशी आरोहीले मंगलबार बिहान ५ बजेदेखि सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको उनको भनाइ छ । ‘१३ मेसम्मको मौसम आरोहणका लागि अनुकूल देखिन्छ’, अधिकृत आचार्यले भनिन्, ‘त्यसबेलासम्म करिब २०० आरोहीले सगरमाथा आरोहण गर्ने अनुमान छ ।’     वसन्त यामको सगरमाथा आरोहण वैशाख २४ गते देखि सुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा गएको १२ जना शेर्पा टोलीले शिखर जाने बाटो बनाउँदै चुचुरोमा पुगेपछि आरोहण सुरु भएको विभागले जनाएको छ । रासस

कीर्तिमानी कामिरिता २५ औँ पटक सगरमाथाको चुचुरोमा

सोलुखुम्बु : वसन्त यामको सगरमाथा आरोहण आजदेखि सुरु भएको छ।कामिरिता शेर्पाको नेतृत्वमा बाटो बनाउँदै गएको टाली शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै यो यामको आरोहण सुरु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट थाहाखबरलाई जानकारी दिइन्। २५ औँ पटक सगरमाथाको शिखरमा पाइला राख्न सफल कामिरिता शेर्पासहित १२ जनाको नेपाली टोलीले आज सफलताका साथ चुचुरो सम्मको बाटो निर्माण गरेको अधिकृत आचार्यको भनाइ छ।मौसमले साथ दिएको अवस्थामा धमाधम आरोहण हुने बताइएको छ। यो याममा ८३ आरोह