खोटाङ - पीडित र प्रहरीबीचको दूरी कम गर्नका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले पीडित पुन: भेटघाट कार्यक्रम सुरु गरेको छ । घटना घटेको समयमा मात्र भेट हुने पीडित र प्रहरीबीचको दूरीलाई घटाउँदै सुरक्षाकाे प्रत्याभूति गराउनका लागि जिल्ला प्रहरी कार्यालयले पीडित पुन: भेटघाट कार्यक्रम सुरु गरेको हो ।
दण्डहीनताको अवस्था सिर्जना हुन नदिन तथा न्याय प्रणाली कायम राख्न पीडितसँग सम्पर्क गरी कानुन बमोजिम सहयोग गर्न पीडित पुन: भेटघाट कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताउनुभयो । ...