नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ सार्वजनिक गरेको छ । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा आफ्नो नेतृत्वको सरकारले गरेका कामहरु समावेश छन् । साथै घोषणापत्रको कभर पेजमै एमालेले धरहरा र पानीजहाजको तस्वीर राखेको छ । त्यस्तै एमालेले आफ्नो घोषणापत्र सात संकल्प गरेको छ । जसमा आफ्ना जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुनेदेखि सामाजिक जागरण र विकासका अभियन्ता हुने उल्लेख छ । त्यस्तै एमालेले आफ्नो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्ने, सदाचारमा दृष्टान्त स्थापित गर्ने, कुनै भ्र