काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मधेस प्रदेशमा बाहेक ६ वटा प्रदेशमा पार्टी पहिलो हुने निष्कर्ष निकालेको छ । आज काठमाण्डौमा बसेको केन्द्रीय कमिटीको बैठकमा सात वटै प्रदेशका प्रमुखले गरेको रिपोर्टिङका आधारमा एमाले ६ वटा प्रदेशमा पहिलो शक्ति रहेको र मधेस प्रदेशमा अझै स्पष्ट भइनसकेको निष्कर्ष निकालिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । पार्टी फुटको खासै असर नरहेको, एमालेको सरकार हुँदा नागरिकको पक्षमा काम गरेको, गठबन्धन सरकारले विकास निर्माणका काम गर्न नसकेको लगायतका विषयलाई आँकल...