नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
राष्ट्रिय सभागृहमा सभापति पदको २३०० मत गन्दा शेरबहादुर देउवाले ११०६ र डा. शेखर कोइरालाले ८ सय २२ मत ल्याएका छन् ।
झण्डै आधा मत गणना भइसक्दाको रेसियो हेर्दा सभापतिका लागि दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने सम्भावना पनि देखिएको छ ।
कांग्रेस विधानअनुसार सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुन: मतदान गर्नुपर्ने हुन्छ ।
कांग्रेस महाधिवेशनका ल...