विश्वकप फुटबलको समूह चरणको आफ्नो अन्तिम खेलमा उरुग्वेले पहिलो हाफमा २–० गोलको अग्रता बनाएको छ। अल जानोउब स्टेडियममा भएको खेलमा उरुग्वेलाई अग्रता दिलाउन जर्जिन्हो डी आरेकेटाले दुई गोल गरे । उनले खेलको २६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ३२ औं मिनेटमा आरेकेटाले व्यक्तिगल दोस्रो गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए । आजको खेलमा जित निकाल्दै उरुग्वे अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ ।