ओलीलाई इंगित गर्दै माधव नेपालले भने, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिले देशको राजनीति अस्थिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशको राजनीतिमा कालो बादल मडारिएको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले भने, ‘सावधान ! देशमा कालो मादल मडारिएको छ ।’ राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए । एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा रहेका […] The post ओलीलाई इंगित गर्दै माधव नेपालले भने, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिले देशको राजनीति अस्थिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

राष्ट्रिय राजनीतिमा विचार पुर्‍याएर चल्नुपर्ने अवस्था छ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा विचार पुर्‍याएर चल्नुपर्ने बताएका छन् । देवशंकर पौडेलको लिखुसँग आत्मसमर्पण विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू नेपालको राजनीति सहज ढंगले अगाडि बढोस् भन्ने पक्षमा रहेको बताए । उनले भने, ‘राजनीति सहज ढंगले अगाडि बढ्नको लागि यात्रामा महत्त्वपूर्ण जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्छ । त्यसैले […]

पद र पैसाका लागि नेताहरू जस्तोसुकै कुकर्म गर्न थाले : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले राजनीतिक नेतृत्व पैसा र पदको लागि अहिले लागिपरेको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनमा व्याप्त व्यक्तिवाद अन्त्य गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘म’ बाट सुरु गर्ने प्रवृत्ति व्याप्त छ। म ले पाइनँ भने जस्तोसुकै कुकर्म गर्न तयार हुन्छन्। गुटबन्दी गर्न थाल्छन्, त्यसपछि अनेक जालझेल र षडयन्त्र गर्न थाल्छन् पदका निम्ति, पैसाका निम्ति, आफ्नो स्वा

राजनीति गर्न सजिलो छैन : माधव नेपाल

काठमाडौं : नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन्। शुक्रवार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको…

माधव नेपालले सन्यास लिए हुन्छः योगेश भट्टराई

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन्।  आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिएका हुन् । उनले केही दिनअघि अध्यक्ष नेपालले १० भाई एमालेका दास हौ, तिमीहरुले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपाल जत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए  । उनले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पारे । सांसद भट्टराईले आपूले गरेका गल्तीहरुलाई आत्साथ गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पेर आफू आनन्दले बस्न सुझाव दिए । उनले मुख छोड्दै हिँड्ने हो भने आफूलाई पनि त्यो भन्दा धेरै मुख छोड्न आउने बताए  ।सांसद भट्टराईले भने , ‘माधव नेपाल जस्तो शीर्ष नेता त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन । उहाँ सम्हालिनु पर्छ । अर्को कुरा उहाँ जीवनको उत्तराद्र्धमा हुनुहुन्छ । राजनीतिको पनि उत्तराद्र्धमा हुनुहुन्छ । उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु । उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस् । उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँडुनभएको छ, त्यो असम्भव कुरा हो । असम्भव कुरामा दौडिने नभइ आफ्ना गल्तीहरुलाई रिलाइजेशन गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने, सन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन । माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोड्दै हिँड्ने होइन । उहाँलाई मुख छोड्दा त्यो भन्दा धेरै मुख छोड्न सकिन्छ ।’ सांसद भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरुले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताए । उनले समाजवादीका नेताहरुले एमालेले शर्त माने एकता हुने कुरा गर्नुको तुक नरहेको स्पष्ट पारे ।सांसद भट्टराईले भने , ‘नेकपा एमालेको विभाजनको औचित्य हिजो पनि थिएन, आजपनि छैन र भोलि पनि त्यो पुष्टि हुँदैन । त्यसैले विभाजित भएर जाने साथीले विभाजन गलत थियो भनेर आत्मबोध गर्नु राम्रो हुन्छ । शर्त राखेर जानुको कुनै अर्थ छैन । समाजवादीका साथीहरु जसले पार्टी विभाजन गरेर जानुभएको छ, उहाँहरुले शर्त राखेर हिँड्नुको अर्थ छैन ।’

गठबन्धनको भविष्य कांग्रेसको हातमा : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी जस्तोसूकै चुनौतिको पनि सामान गर्न तयार रहेको बताएका छन् । एमसीसीका कारण नेपालको राजनीति र सत्ता गठबन्धन जटिल मोडमा पुगेको बताउँदै अध्यक्ष नेपालले गठबन्धन कायम राख्ने नराख्ने कांग्रेसले सोच्ने कुरा भएको बताए ।

माधव नेपाललाई एमालेमै फर्किन अष्टलक्ष्मीको आग्रह

काठमाडौँ– एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले नेपाललाई एमालै फर्किन आह्वान गरिन् । ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फुटको हैन जुटको राजनीति आवश्यक छ । सुदृढ एमाले आवश्यक छ । माधव नेपाल […]

भोलि मन्त्रालय बाँडफाँड, पर्सि मन्त्रिपरिषद् विस्तार, को–को बन्दैछन् मन्त्री ?

सरकार विस्तारको गाँठो फुकाउन राजनीति दलका नेताहरू छलफलमा जुट्न थालेका छन् । सरकार बनेको डेढ महिना बित्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।  मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारका कामहरू अलपत्र पर्न थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले चार मन्त्री र एक राज्य मन्त्रीको भरमा सरकार चलाइरहेका छन् ।  एमालेबाट विद्रोह गरेको माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउने उद्देश्यले सत्तारूढ गठबन्धनले सरकार विस्तारमा ढिलाइ गरेको थियो । माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेपछि पाँचदलीय गठबन्धन...

माधव नेपालको उद्घोष : ‘अबको चुनावपछि ५ वर्ष मात्र सक्रिय राजनीति गर्छु’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अब साढे ६ वर्षमात्र सक्रिय राजनीति गर्ने बताएका छन् ।  आफू सहयोगी भएर युवा पुस्तालाई अगाडि बढाउने उनले बताए । नवगठित नेकपा एकीकृत समाजवादीको भावी योजना सार्वजनिक गर्न बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले आजीवन राजनीतिमा रहने योजना नरहेको बताएका हुन् ।  ‘आजीवन माधव नेपाल राजनीति गर्दैन, म त सहयोगी भएर युवा पुस्तालाई अगाडि बढाउन चाहन्छु । चुनावपछिको ५ वर्ष राजनीतिमा लाग्ने भनेको छु,’ नेपालले भने ।  नेता ...

केपी ओलीमा इमानदारी छैन, एकलकाँटे छन् : माधव नेपाल

केपी ओलीले राजनीति सुरु गरेदेखि नै गुटबन्दी थालेको टिप्पणी नेकपा वरिष्ठ नेता माधव नेपालले गरेका छन् । उनी पहिलेदेखि नै व्यक्तिवादी, गुटवादी रहेकाे नेपालकाे आराेप छ