काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले राजनीतिक नेतृत्व पैसा र पदको लागि अहिले लागिपरेको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनमा व्याप्त व्यक्तिवाद अन्त्य गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘म’ बाट सुरु गर्ने प्रवृत्ति व्याप्त छ। म ले पाइनँ भने जस्तोसुकै कुकर्म गर्न तयार हुन्छन्। गुटबन्दी गर्न थाल्छन्, त्यसपछि अनेक जालझेल र षडयन्त्र गर्न थाल्छन् पदका निम्ति, पैसाका निम्ति, आफ्नो स्वा