माधव नेपालले सन्यास लिए हुन्छः योगेश भट्टराई

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन्।  आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिएका हुन् । उनले केही दिनअघि अध्यक्ष नेपालले १० भाई एमालेका दास हौ, तिमीहरुले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपाल जत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए  । उनले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पारे । सांसद भट्टराईले आपूले गरेका गल्तीहरुलाई आत्साथ गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पेर आफू आनन्दले बस्न सुझाव दिए । उनले मुख छोड्दै हिँड्ने हो भने आफूलाई पनि त्यो भन्दा धेरै मुख छोड्न आउने बताए  ।सांसद भट्टराईले भने , ‘माधव नेपाल जस्तो शीर्ष नेता त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन । उहाँ सम्हालिनु पर्छ । अर्को कुरा उहाँ जीवनको उत्तराद्र्धमा हुनुहुन्छ । राजनीतिको पनि उत्तराद्र्धमा हुनुहुन्छ । उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु । उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस् । उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँडुनभएको छ, त्यो असम्भव कुरा हो । असम्भव कुरामा दौडिने नभइ आफ्ना गल्तीहरुलाई रिलाइजेशन गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने, सन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन । माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोड्दै हिँड्ने होइन । उहाँलाई मुख छोड्दा त्यो भन्दा धेरै मुख छोड्न सकिन्छ ।’ सांसद भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरुले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताए । उनले समाजवादीका नेताहरुले एमालेले शर्त माने एकता हुने कुरा गर्नुको तुक नरहेको स्पष्ट पारे ।सांसद भट्टराईले भने , ‘नेकपा एमालेको विभाजनको औचित्य हिजो पनि थिएन, आजपनि छैन र भोलि पनि त्यो पुष्टि हुँदैन । त्यसैले विभाजित भएर जाने साथीले विभाजन गलत थियो भनेर आत्मबोध गर्नु राम्रो हुन्छ । शर्त राखेर जानुको कुनै अर्थ छैन । समाजवादीका साथीहरु जसले पार्टी विभाजन गरेर जानुभएको छ, उहाँहरुले शर्त राखेर हिँड्नुको अर्थ छैन ।’

सम्बन्धित सामग्री

ताप्लेजुङबाट योगेश भट्टराई दोस्रोपटक विजयी

नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा दोस्रोपटक निर्वाचित हुनुभएको छ । उहाँ २०७४ सालमा पनि निर्वाचित हुनुभएको थियो । बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिनुभएको हो । भट्टराईले २१ हजार ९४३ मत पाउादा निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले …

ताप्लेजुङमा योगेश भट्टराई विजयी

काठमाडौं, ७ मंसिर । प्रतिनिधि सभा सदस्यमा ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन् । भट्टराईले निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । मतपरिणामबारे औपचारिक घोषणा हुन बाँकी छ ।

एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी

एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी भएका छन्।

४८३ मतले योगेश भट्टराई पछि परे

ताप्लेजुङमा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार एमालेका योगेश भट्टराई  ४८३ मतका साथ पछि परेका छन् । यस्तै माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले ३०६६ मत पाएका छन् भने भट्टराईले २५८३ मत पाएका छन् ।

खेलप्रसादसँग पछि परे योगेश भट्टराई

६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीसँग नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन् । एक हजार ४६३ मत गणना गर्दा बुढाक्षेत्रीले ७५५ मत पाएर अग्रता लिएका छन् । भट्टराईले ५६२ मत मात्रै पाएका छन् । मतपत्र संकलनमा समय लागेकाले ताप्लेजुङमा आजबाट मतगणना सुरु भएको हो ।

ताप्लेजुङमा योगेश भट्टराई पछि परे

काठमाडौं : ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन्। पछिल्लो मतगणनाअनुसार भट्टराई ५६२ मतसहित पछि परेका हुन्। उनलाई नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ७५५ मतसहित अग्र स्थानमा छन्।

योगेश भट्टराई अस्पताल भर्ना

काठमाडौं, कात्तिक ५ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना हुनुभएको छ । बिगत केहि दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराई शुक्रबार वीर अस्पतालमा भर्ना हुनुभएको हो । ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।