निर्वाचन आयोगले ज्येष्ठ नागरिक र अशक्त मतदाताको वर्ग नछुट्याउँदा समस्या भएको ज्येष्ठ नागरिक केन्द्र दाङका उपाध्यक्ष हरिप्रसाद पाण्डेले बताएका छन् । मतदातालाई पार्टीले ओसारपसार गरेमा आचारसंहिता उल्लङ्घन ठहर हुने भनेर उल्लेख गरेपछि त्यसको प्रत्यक्ष मारमा ज्येष्ठ र अशक्त नागरिक परेका हुन् । उनी भन्छन्, ‘निर्वाचन आयोगले आचारसंहिता बनाउँदा ज्येष्ठ नागरिक र अशक्त मतदाताको वर्ग छुट्याएर उनीहरूको ओसारपसारमा पार्टी वा नेतालाई बन्देज गर्न हुँदैनथ्यो । चुनावको दिन सार्वजनिक बिदा हुन्छ, अन्य याता