काठमाडौँ – महाकाली नदीमा व्यावसायिकरुपमा जलयात्रा ( र्याफ्टिङ ) सुरु गरिएको छ। नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा विश्व पानी दिवसका अवसरमा शुक्रबारदेखि र्याफ्टिङ सञ्चालन गरिएको हो। भीमदत्त नगरपालिका, परशुराम नगरपालिका र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा र्या्फ्टिङ गरिएको हो। उक्त कार्यक्रममा अक्सफाम, निड्स, रुडुक नेपाललगायत गैरसरकारी संस्थाको सहकार्य छ। परशुरामदेखि […]