नेपाल पर्यटन बोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ । बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाइड तालिम सुरु गरेको हो ।महिलाका लागि पहिलोपटक सुरु हुन लागेको रिभर गाइड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सीज (नारा) ले निःशुल्क तालिम प्रदान गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । तालिमको उ