इजरायल रोजगारीका लागि आवेदन दिने अनलाइन सर्भरमा समस्या

काठमाण्डौ – इजरायलको रोजगारीका लागि आवेदन दिने अनलाइन वेब सर्भरमा समस्या भएको छ । सोमबारदेखि नै राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्तर्गतको जीआईडीसीमा पावर फेलियर हुँदा इजरायल रोजगारीका लागि आवेदन दिने ferms.dofe.gov.np सर्भरमा समस्या आएको वैदेशिक रोजगार विभागले जनाएको छ । समस्या समाधानका लागि सोमबारदेखि नै काम भइरहेको भन्दै विभागले चाडै नै सेवा पुनः सुरु गराउन पहल भइरहेको समेत जनाएको छ ।  इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउन विभागले गएको १२ गते २१ दिनको सूचना दिएर आवश्यक योग्...

सम्बन्धित सामग्री

केयर गिभरमा इजरायल जानेको मासिक तलब १ लाख ८६ हजार

काठमाडौं, भदौ २८ । रोजगारीका लागि इजरायल जाने श्रमिक छनोटको भाषा परीक्षा सकिएको छ । दिउँसो १ देखि २ बजेसम्म भएको परीक्षामा ७ हजारभन्दा बढी सहभागी भएको बताइएको छ । वैदेशिक रोजगार विभागले गत साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन माग गरेको थियो । लिखित परीक्षाबाट १ हजार ६ सय ८० जना उत्तीर्ण हुनेछन् […]

रोजगारीका लागि इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षा आज

काठमाडौँ- रोजगारीका लागि इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदैछ । काठमाडौँ उपत्यकाका विभिन्न सेन्टरमा दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुदैछन् । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो । इजरायलका […]

इजरायल रोजगारी-अनलाइन आवेदन दिन समस्या भयो ? यसरी भर्नुहोस् फारम

वैदेशिक रोजगार विभागले सहायक कामदारको रूपमा इजरायलमा सरकारी तवर बाटै नेपाली श्रमिक पठाउनका लागि मंगलबार आवेदन दिने सूचना जारी गरेको छ । इजरायल रोजगारीको लागि आवेदन दिने चाहनेहरूले सजिलै अनलाइनमार्फत नै आवेदन दिन सक्छन् । तर अनलाइनमार्फत आवेदन दिन विभिन्न समस्या भएको आवेदकले गुनासो गरिरहेका छन् । अनलाइनमार्फत सजिलै कसरी आवेदन दिन सकिन्छ त ? हामीले वैदेशिक रोजगार विभागका सूचना प्रविधि शाखाका निर्देशक श्रीचन्द्र साहलाई सोधेका छौँ ।इजरायल रोजगारीका लागि सजिलै कसरी आवेदन दिने ?इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्...

इजरायलमा राेजागारीकाे आवेदन फागुनको दोस्रो साता, सफ्टवेयर तयार

सरकारले रोजगारीका लागि इजरायल जान चाहने नेपालीको लागि यही फागुनको दोस्रो हप्ता भित्र आवेदन खोल्ने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पुरा भएको बताउदै आवेदन खुला गर्ने तयारी भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । फागुनको पहिलो हप्ता आवेदनको ढाँचा पुरा गरि दोस्रो हप्ता भित्रमा मन्त्रालय सँग छलफल गरि आवेदन खोल्ने गृहकार्य भईरहेको महानिर्देशक दहालले बताउनुभयो । इजरायलले नेपाली कामदार छिटो लैजान चासो दिएकोले विभागले पनि त्यसैअनुसार काम गरिरहेको उहाँले बताउनुभयो । रोजगारीको लागि इजरायल जान इच्छुक कामदारले आवेदन खुला भएपछि आफै घरबाटै आवेदन दिन सक्नेछन् । बिभागले आवेदनको ढाँचा तयारी गर्ने काम अन्तिम चरणमा पुगेको बताएको छ ।आवेदन खुलेसंगै पहिलो चरणमा ५०० नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् ।