इजरायल रोजगारी : यसअघि आवेदन दिएकालाई विवरण रुजु गर्न र विवरण नभेटिए नयाँ दर्ता गर्न आग्रह

काठमाण्डौ – इजरायल रोजगारीका १८ गते बिहानसम्म निवेदन दिएकाहरूले पुनः आफ्नो विवरण रुजु गर्नु पर्ने भएको छ । इजरायल रोजगारीका लागि अनलाइनमार्फत आवेदन दिने प्रणालीमा समस्या आएको र अहिले समस्या समाधान भए पनि समस्या सुरु हुनुभन्दा अघि दर्ता भएका विवरणहरू रिकभर नभएको भन्दै विभागले पुन ः विवरण रुजु गर्न निवेदकलाई अनुरोध गरेको हो ।  हिजो सोमबार बिहान १ बजेदेखि इजरायलको रोजगारीको लागि आवेदन दिने अनलाइन प्रणालीमा समस्या आएको थियो । जसका कारण निवेदन दिने प्रक्रिया नै अवरुद्ध भएको थियो । यो समस्या अहिले समा...

सम्बन्धित सामग्री

इजरायल रोजगारी- दुई दिनमा ९ हजारभन्दा बढी युवाले नाम दर्ता गराए

सरकारी तवरबाट इजरायलका लागि रोजगारी खुला भएको दुई दिनमा ९ हजारभन्दा बढी युवाले नाम दर्ता गराएका छन् । अनलाइनमार्फत नाम दर्ता गराएका मध्ये दुई दिनमा ६२२ जनाले आवेदन नै दिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले संक्रमण बढ्ने सम्भावना देखिए पनि त्यसभन्दा अगाडि नै छनोट हुने सबैलाई पठाउने गरी काम भइरहेको बताए । विभागले अनलाइनमार्पmत नै आवेदन दिने व्यवस्था गरे पनि जानकारी लिन दैनिक सयौं युवा विभागमा आउने गरेका छन् । कारोबार दैनिकमा खबर छापिएको छ ।