केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सीअन्तर्गतको कारोबार व्यवसाय तथा डिजिटल नेटवर्क बिजनेस गैरकानूनी रहेको त्यसको कारोबार नगर्न सूचना जारी गरेको छ ।
सीआईबीले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङलगायतको कारोबार नेपालमा प्रतिबन्धित भएकोले यसको कारोबार गर्नेको विवरण खोजी गरिरहेको छ ।
यस्तो कारोबार गर्नेको सूचना सीआईबीलाई दिन पनि आग्रह गरिएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जारी गरेको एक सूचनामा उल्लेख छ ।
यस्तो गैरकानूनी कारोबारको सीआईबी कार्यालयबाट समेत...