विराटनगर : शुक्रबार हुने आसन्न स्थानीय तहको निर्वाचनका लागि मोरङमा पनि आवश्यक तयारी पूरा भएको छ। १७ वटा पालिका रहेको मोरङमा स्थानीय तह निर्वाचनका लागि ३ सय मतदानस्थल र ८ सय २० मतदान केन्द्र तोकिएको छ।म्यादी प्रहरी, नेपाल प्रहरी र निर्वाचनमा खटिएका कर्मचारीहरु शुक्रबारका लागि आवश्यक तयारी गरिरहेको मतदान अधिकृतहरु बताउँछन्। मोरङको मतदान केन्द्रमध्ये ४९ वटा अति संवेदनशील, १ सय ५५ वटा संवेदनशील र ९६ वटा सामान्य गरी तीन भागमा मतदानस्थललाई विभाजन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्