इलाम, कैलाली, अछाम, सिन्धुपाल्चोक र रौतहटमा डुबेर पाँच जनाको मृत्यु भएको छ । इलामको माई नगरपालिका–१ तेह्रकुनेस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय वर्धन राईको बिहीबार मृत्यु भएको छ । साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ । कैलालीको घोडाघोडी नगरपालिका–२ थुम्कीस्थित चिडिया तालमा डुबेर सोही ठाउँ बस्ने १९ वर्षीय विशाल विष्टको बिहीबार मृत्यु भएको छ । उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर अशक्त