काठमाडौँ सिडिओद्वारा मतदान केन्द्रको निरीक्षण

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि तोकिएका मतदान स्थान तथा केन्द्रको निरीक्षण गरेका छन् ।  बिहीबार प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको नेतृत्वमा जिल्ला सुरक्षा समितिका सदस्यसहितको टोलीले मतदान स्थल र केन्द्रहरूको निरीक्षण गरेको हो। सो क्रममा दक्षिणकाली नगरपालिकास्थित १५ वटा मतदान स्थल र २६ वटा मतदान केन्द्रको […]

सम्बन्धित सामग्री

बैतडीका मतदान केन्द्रको अनुगमन

बैतडीका मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा अवस्थाको बारेमा जानकारी लिन अनुगमन थालिएको छ । आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले मतदानस्थल र मतदान केन्द्र अनुगमन/निरीक्षण कार्यको अनुगमन थालेको हो ।हालसम्म जिल्लाका नौ स्थानीय तहमा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन/निरीक्षणकार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शङ्करबहादुर बोहोराले जानकारी दिए । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौंडी न

स्थानीय निर्वाचन र स्थानीय तहका मतदान केन्द्र (फोटो फिचर)

वैशाख २९, काठमाडौं । मुलुकमा संघीय शासन प्रणाली लागू भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचनमा  वैशाख ३० गते मतदाताले मताधिकार प्रयोग गर्दैछन् । स्थानीय तहको निर्वाचनको मतदान गर्न मतदाता पनि तीव्र प्रतीक्षामा छन् । स्थानीय तहको निर्वाचनका लागि मतदान स्थल पुगेका मतदान अधिकृतहरुको टोलीले मतदानका लागि आवश्यक भौतिक पूर्वाधारहरु पनि निर्माण गरिसकेको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचनको आवश्यक तयारी पुरा भएको निर्वाचन आयोगले बताएको छ । यस्तो अधिकार केवल ५/ ५ वर्षको अन्तरालमा मात्रै प्राप्त हुन्छ । मतदान केन्द्रमा घोचो गाडेर, बार हालेर र डोरी टाँगेर मतदाता उभिने ठाउँ, कर्मचारी बस्ने ठाउँ, मत संकेत गर्ने ठाउँ, मत पेटिका राख्ने ठाउँ लगायतका संरचना तयार पारिएको छ । मतदान स्थलमा आवश्यक निर्वाचन सामग्रीसहितका कर्मचारी र सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ । यसैक्रममा हाम्रा संवाददाता सुनिल शर्माले काठमाडौं उपत्यकाको विभिन्न मतदान केन्द्रको बिहीवार स्थलगत निरीक्षण समेत गरेका छन् । हेरौं तस्वीरहरु :

रसुवाका मतदानस्थल र मतदान केन्द्रको निरीक्षण

रसुवा– रसुवाका मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको छ ।  शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि निर्माणाधीन मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको हो ।  बुधबार मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, निर्वाचन अधिकारी श्रीराम थापालगायतको टोलीले मतदानस्थल र मतदान केन्द्र निर्माण तथा निर्वाचनको व्यवस्थापनलगायतको स्थलगत निरीक्षण गरेका हुन् […]

छाङ्गरु र तिङ्कर मतदान केन्द्र निरीक्षण, छाङ्गरुमा सेनाको क्याम्प राख्ने तयारी

दार्चुला । जिल्लाको सबैभन्दा विकटको मतदान केन्द्र रहेको व्यासमा मतदानस्थल निरीक्षण गरिएको छ । जिल्ला सुरक्षा समितिले हेलिकप्टर प्रयोग गरी आज छाङ्गरु र तिङ्कर मतदानस्थलका साथै नेपाली सेनाको निर्माणाधिन क्याम्प निरीक्षण गरेको हो । निरीक्षणका क्रममा व्यास गाउँपालिका वडा नं १ छाङ्गरु र तिङ्करमा मतदान केन्द्रको अवस्था, मतपेटिका ढुवानी, कर्मचारी ढुवानीलगायतको विषयमा जानकारी लिइएको प्रमुख […]

मकवानपुर सिडिओ पाण्डेद्वारा मतदान केन्द्र निरीक्षण

मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि तोकिएका मतदान स्थान तथा केन्द्रको निरीक्षण गरेका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका सदस्यसहितको टोलीले मतदान स्थल र केन्द्रहरूको निरीक्षण गरेको हो। मकवानपुर जिल्लाभित्र १० वटा स्थानीय तहमा १६५ वटा मतदानस्थल र ३५६ वटा मतदान […]

प्रजिअको नेतृत्वमा मतदान केन्द्र निरीक्षण

स्थानीय तहको निर्वाचन नजिकिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा जिल्ला सुरक्षा निकायले संयुक्तरूपमा मतदान केन्द्रहरूको अवलोकन एवं निरीक्षण सुरु भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न मतदान केन्द्रको संवेदनशीलता र अवस्था कस्तो छ भन्ने जानकारी लिन मतदान केन्द्रको अवलोकन एवं निरीक्षण सुरु गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । प्रजिअ शर्मा, महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुख, नेपाली सेनालगायत सरोकारवाला निकायसहितको टोलीले सूर्यविनायक नगरपालिका–८ नैचालपाटी भञ्ज्याङस्थित सरस्वती आधारभूत विद्यालय, सूनपा–९ काँक्राबारीस्थित सरस्वती माध्यामिक विद्यालय मतदान केन्द्र, सोही वडाको नंखेलस्थित श्रीराम आधारभूत विद्यालय र भुवनेश्वरी माध्यामिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको हो ।